• ४ साउन २०८३, सोमबार
  • ३:५५ बिहान

फिल्म हलभित्र खाद्य तथा पानी एमआरपीभन्दा बढीमा बेच्न नपाइने, नत्र कारबाही हुने

प्रकाशित मिति

२०८१ कार्तिक ८ गते, बिहीबार ०९:०२

कार्तिक ८ , २०८१ काठमाडौँ: फिल्म हलभित्र अब सिलबन्दी गरिएका खाद्य तथा पेयपदार्थ अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)भन्दा धेरैमा बेच्न नपाइने भएको छ । बढी मूल्य लिनेलाई कारबाही हुने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ती जारी गर्दै एमआरपीभन्दा बढी मूल्यमा बिक्री–वितरण गरे कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।

Kamana Sewa

विभागले यही कात्तिक ५ गते नेपाल चलचित्र संघका पदाधिकारीसँग बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने र उपभोक्ताको हक अधिकार संरक्षण गर्ने विषयमा छलफल गरेको थियो ।

Classic Tech Desktop

‘…छलफल र अन्तर्क्रिरयापश्चात् चलचित्र हलको परिसरभित्र प्रशोधित पिउने पानीको बिक्री–वितरण एमआरपी अर्थात् अधिकतम खुद्रा बिक्री मूल्यमा उपलब्ध गराउने सहमति भएबमोजिम अबउप्रान्त कुनै पनि चलचित्र हलको परिसरभित्र कुनै पनि व्यवसायीले सिलबन्दी गरिएका खाद्य तथा पेयपदार्थको प्याकेट वा बोतल उपलब्ध गराउँदा एमआरपीमा तोकिएकै मूल्यमा बिक्री गर्नुहुन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया