• ७ असोज २०८३, बुधबार
  • ७ः२५ बेलुका

परराष्ट्रमन्त्री डा. राणा र एमसीसीका प्रमुख कार्यकारी अलब्राइटबीच भेटवार्ता

प्रकाशित मिति

२०८१ आश्विन १५ गते, मंगलवार ११:१९

असोज १५ , २०८१ काठमाडौँ: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबीच भेटवार्ता भएको छ।

National Life

यहाँस्थित नेपाली राजदूतावासमा सोमवार भएको सो भेटघाटका क्रममा सन् २०१७ मा नेपालले हस्ताक्षर गरेको एमसिसी परियोजनाको कार्यान्वयन र यसअन्तर्गतका परियोजनाहरू समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको डिसीस्थित नेपाली राजदूतवासले जनाएको छ।

एमसीसी कम्प्याक्टअन्तर्गत नेपालको विद्युतीय प्रसारण लाइन निर्माण र सडकको स्तरोन्नतिसम्बन्धी परियोजना कार्यान्वयनमा गएका छन्। उक्त कम्प्याक्टमा एमसीसीले नेपाललाई ५० करोड डलर अनुदान सहयोग उपलब्ध गराएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया