• २१ असोज २०८३, बुधबार
  • ७ः५१ बिहान

असोजमा दश वाणिज्य बैंकको ब्याजदर घट्यो

प्रकाशित मिति

२०८१ भाद्र ३१ गते, सोमबार ०१:३४

भदौ ३१ , २०८१ काठमाडौँ: नेपालका वाणिज्य बैंकहरुले असोज महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले औसतमा ०.१५ बिन्दुले ब्याजदर घटाएका छन् ।

National Life

जसमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर औसत ६.३८ प्रतिशत कायम भएको छ । जुन भदौमा ६.५३ प्रतिशत थियो । २० वटा वाणिज्य बैंकहरुमध्ये ८ वटा बैंकको ब्याजदर स्थिर रहेको छ भने १० वटा वाणिज्य बैंकले घटाएका छन् ।

सरकारी स्वामित्वको नेपाल बैंक र कृषि विकास बैंकले भने असोजका लागि ब्याजदर बढाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

एनएमबी बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले भदौ महिनाको तुलनामा असोजमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर घटाएका छन् । प्रभु, ग्लोबल आइएमई, माछापुच्छ्रे, नेपाल इन्भेस्टमेन्ट मेगा, स्ट्यान्डर्ड चार्टड, लक्ष्मी सनराइज, हिमालयन बैंक र सिद्धार्थ बैंकले ब्याजदर स्थिर राखेका छन् ।

ब्याजदर

बैंक भदौ असोज
कृषि विकास बैंक ६.०६५ ६.०७
राष्ट्रिय वाणिज्य बैंक ६.०७ ६.००
नेपाल एसबीआई बैंक ६.२५ ६.००
लक्ष्मी सनराइज बैंक ६.५० ६.५०
ग्लोबल आईएमई बैंक ६.२५ ६.२५
कुमारी बैंक ६.७१ ६.०१
प्राइम बैंक ६.७५ ६.२५
नेपाल बैंक ५.२५ ५.९५
सानिमा बैंक ६.२० ५.९०
सिटिजन्स बैंक ६.७५ ६.४०
नबिल बैंक ७.०० ६.७५
इन्भेस्टेमेन्ट मेगा बैंक ६.५० ६.५०
सिद्धार्थ बैंक ६.५० ६.५०
स्टान्डर्ड चार्टर्ड बैंक ७.०० ७.००
माछापुच्छ्रे बैंक ७.०० ७.००
प्रभु बैंक ६.१० ६.१०
एनएमबी बैंक ७.४१ ६.५०
एनआईसी एसिया बैंक ७.४१ ७.१८
एभरेष्ट बैंक ६.१० ६.००
हिमालयन बैंक ७.०० ७.००

प्रतिकृया