• ६ असोज २०८३, मंगलबार
  • ७ः४८ बेलुका

ग्रील अध्यक्ष महर्जन नेपाल इको प्यानलमा

प्रकाशित मिति

२०८१ भाद्र २५ गते, मंगलवार १२:४३

भदौ २५ , २०८१ भक्तपुर : ग्रील तथा स्टिल तथा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष ठूलोबाबु महर्जन सोमबार नेपाल इको प्यानल सल्लाघारी भक्तपुर पुगेका छन् । भक्तपुरको सल्लाघारीस्थित नेपाल इको प्यानलको कर्पाेरेट कार्यालयमा पुगेर उनले अवलोकन अवलोकन भ्रमण गरेका हुन् ।

National Life

यस क्रममा दुई पक्षवीच व्यापारिक हितका विषयमा छलफल भएको थियो । नेपाल इको प्यानल र ग्रील व्यवसायी एक आपसमा मिलेर व्यापारिक हित गर्ने विषयमा छलफल भएको हो ।

यस क्रममा अध्यक्ष महर्जनले इको प्यानल र ग्रील व्यवसाय एक आपसमा जोडिएको विषय भन्दै सहकार्यमा जोड दिएका थिए । साथै नेपाल इको प्यानल र ग्रील व्यवसायीवीच भावी दिनमा कसरी व्यापारिक हितमा अगाडि वढन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो ।

प्रतिकृया