• १३ असोज २०८३, मंगलबार
  • १ः०१ राती

प्रहरी समायोजनको प्रक्रिया अघि बढीसकेको छ, चाँडै समायोजन हुन्छ: गृहमन्त्री लेखक

प्रकाशित मिति

२०८१ भाद्र ६ गते, बिहीबार ११:२७

भाद्र ६, २०८१ जनकपुरधाम : उपप्रधान एवम् गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजनको प्रक्रिया अघि बढीसकेकाले चाँडै प्रहरी समायोजन हुने बताएका छन् ।

National Life

बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले मधेस प्रदेश सरकारको आफ्नै प्रहरी हुनेमा अब ढुक्क रहन आग्रह गरेका हुन् ।

गृहमन्त्री लेखक वर्तमान सरकार सुशासन, शान्ति सुरक्षा तथा स्थिर सरकार दिने पक्षमा रहेको र सोही अनुसार सरकारको कामकारवाही भइरहेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका प्रतिबद्ध रहेकाले गणतन्त्रविरुद्धमा ठूला दलबाट षड्यन्त्र भएको विषय गलत रहेको बताए ।

प्रतिकृया