• ६ असोज २०८३, मंगलबार
  • ४ः०९ बेलुका

एआईजी दिपक थापालाई कार्यवाहक आईजीपीको जिम्मेवारी

प्रकाशित मिति

२०८१ असार १० गते, सोमबार ०८:४२

असार १०, २०८१ काठमाडौँ: न्यूयोर्कमा आयोजना हुन लागेको युनाइटेड नेसन चिफ अफ पुलिस समिटमा सहभागी नेपाल प्रहरीका आईजीपी बसन्त बहादुर कुँवरसहितको टोली अमेरिकका प्रस्तान गरेसँगै कार्यवाहक आईजीपीको जिम्मेवारी एआईजी दिपक थापाले सम्हाल्ने भएका छन् ।

National Life

प्रहरी प्रधान कार्यालयले आईजीपी कुँवरको अनुपस्थितिमा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने जनाएको छ ।

गृह सचिव एक नारायण अर्याल नेतृत्वको ५ सदस्यीय नेपाली प्रतिनिधि मण्डल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कमा असार १२ देखि १३ गतेसम्म संचालन हुने चौथो युनाइटेड नेसन चिफ अफ पुलिस समिटमा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

गृह सचिव अर्यालसँग उक्त समिटमा सहभागी हुन प्रहरी महानिरीक्षक बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

गृह सचिव अर्यालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित हार्दिक विदाई गररेका थिए ।

उक्त समिटमा गृह सचिव अर्याल समेतको प्रतिनिधि मण्डलले संयुक्त राष्ट्र संघका उपमहासचिवहरू, प्रहरी सल्लाहकार तथा संयुक्त राष्ट्र संघका उच्च पदस्थ अधिकृतहरू एवम् टर्की, फ्रान्स, युके, क्यानडा, युएसए, साउथ कोरिया, नाइजेरिया, घाना लगायतका देशका प्रतिनिधिहरूसँग दुई पक्षीय, बहुपक्षीय भेटघाट गरी संयुक्त राष्ट्र संघमा नेपाल प्रहरीको सहभागिता एवम् साझा सुरक्षाको विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया