• ३० साउन २०८३, शनिबार
  • ३:०३ बेलुका

महालक्ष्मी नगरपालिकाको आगामी आर्थिक वर्षको लागि बजेट २ अर्ब ११ करोड

प्रकाशित मिति

२०८१ असार ८ गते, शनिबार ०८:२९

असार ८, २०८१ ललितपुर : महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

शुक्रबार भएको १६ औं नगरसभामा उपप्रमुख लक्ष्मी महर्जनले प्रस्तुत गरेको १ अर्ब ११ करोड ५० लाख ६ हजार रुपैयाँको बजेट पारित गरेको छ ।

Kamana Sewa

चालु आर्थिक वर्षमा महालक्ष्मीले २ अर्ब ७ करोड ३३ लाख ५७ हजार ५ सय ३० रुपैयाँ ३३ पैसाको बजेट विनियोजन गरेको थियो ।

Classic Tech Desktop

आगामी आर्थिक वर्षका लागि चालु खर्च ३६ दशमलव २२ प्रतिशत र पूँजीगत खर्च ६३ दशमलव ६३ प्रतिशत विनियोजन गरिएको छ । वित्तीय व्यवस्था शून्य दशमलव १५ प्रतिशत अर्थात् ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

उपप्रमुमख महर्जनले प्रस्तुत गरेको बजेटमा आन्तरिक आयबाट १८ करोड रुपैयाँ, राजश्व बाँडफाँडबाट ३९ करोड ९५ लाख ३५ हजार रुपैयाँ प्रक्षेपण गरिएको छ । महालक्ष्मीले संघीय र प्रदेश सरकारबाट प्राप्त वित्तीय हस्तान्तरणसमेतका आधारमा बजेट विनियोजन गरेको हो ।

नगरसभामा नगर प्रमुख हरिगोविन्द श्रेष्ठले प्रस्तुत गरेको प्रस्तुत गरेको नीति तथा कार्यक्रम पनि सर्वसम्मत पारित भएको छ ।

प्रतिकृया