• ३० साउन २०८३, शनिबार
  • ७:१२ बिहान

भारत र अमेरिकासहित ८ देशका लागि राजदूत सिफारिस

प्रकाशित मिति

२०८१ असार ८ गते, शनिबार ०८:०७

असार ८, २०८१ काठमाडौँ: सरकारले आठ देशमा राजदूत सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आठ देशका लागि राजदूत सिफारिस गरेको हो।

सरकारका पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी भारतका लागि राजदूतमा सिफारिस भएका छन्। यस्तै, अमेरिकाका लागि चन्द्रकुमार घिमिरे राजदूतमा सिफारिस भएका छन्।

Kamana Sewa

यस्तै, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कको लागि सुम्निमा तुलाधर, मलेसियाको लागि नेत्रप्रसाद तिमल्सिना, बेलायतका लागि डा. विजन पन्त, स्पेनका लागि डा. पुष्पराज राजकर्णिकार र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई राजदूतमा सिफारिस गर्ने निर्णय भएको कानुनमन्त्री पदम गिरीले जानकारी दिए।

Classic Tech Desktop

यसैगरी सरकारले अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्य कार्यक्षेत्र रहने गरी सञ्जीवकुमार शर्मा र भिक्टोरिया राज्य कार्यक्षेत्र रहने गरी निराजन गौडेललाई अवैतानिक राजदूतमा नियुक्त गर्ने निर्णय गरेको छ।

प्रतिकृया