• ५ साउन २०८३, मंगलबार
  • ५:०३ बेलुका

मुगुमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति

२०८१ जेष्ठ १८ गते, शुक्रबार ०३:००

जेठ १८, २०८१ काठमाडौँ: मुगुको सोरू गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र मल्लसहित ८ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गाउँपालिका-७ मा दाक्च-ख्याल्च सडक निर्माण आयोजनामा अनियमितता गरेको आरोपमा शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

Kamana Sewa

उपभोक्ता समितिका पदाधिकारी र प्राविधिकसमेतको मिलेमतोमा अनियमितता गरेको आरोपपत्रमा उल्लेख छ ।

Classic Tech Desktop

आयोगले मल्लसहित वडा नं.७ का तत्कालीन वडाध्यक्ष राजेन्द्र बुमी, इन्जिनियर प्रकाश आचार्य, असिस्टेन्ट सव-इन्जिनियर विक्रम बुढा, सडक निर्माण श्रम समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी, सचिव केवल बुढा र अनुगमन समिति संयोजक दलवीर सार्कीलाई प्रतिवादी बनाएको छ ।

उनीहरूविरूद्ध कैद र जरिवाना माग गरिएको आयोगले जनाएको छ ।

प्रतिकृया