कुमारी बैंक लि. Infosys Finacle Innovation Awards 2024 द्वारा सम्मानित
प्रकाशित मिति
२०८१ जेष्ठ १८ गते, शुक्रबार ०३:०३
जेठ १८, २०८१ काठमाडौँ: ग्राहकहरुलाई Finacle 10.2.25 Core Banking Software मार्फत सरल र सुरक्षित बैंकिङ्ग सेवा दिंदै आएको कुमारी बैंक लिमिटेडले “Infosys Finacle Innovation Awards 2024” मा उल्लेखनीय सफलता हासिल गरेको छ । क्ष्लायकथक द्वारा आयोजित उक्त अर्वाड वितरण समारोहमा १० विधाका २०० मनोनयनहरू मध्ये, कुमारी बैंक लि. “Core Banking Transformation” विधा तर्फ उत्कृष्ट रहेकोले उक्त उपलब्धिको लागि “Process Innovation” श्रेणीमा स्वर्ण विजेता घोषित भएको छ ।
क्ष्लायकथक को Finacle Core Banking Softwareले बैंकिङ्ग क्षेत्रमा सरलता, उत्कृष्टता र विश्वसनीयता कायम गर्न सफल रहेको छ । कुमारी बैंकले प्राप्त गरेको यो उपधिले भविस्यमा नवीन प्रविधिमार्फत बैंकिङ्ग क्षेत्रलाई अझै सहज र सुरक्षित बनाई सूचना प्रविधिमा नयाँ आयाम थपगर्न प्रतिबद्ध रहको छ ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।







प्रतिकृया