• ९ असोज २०८३, शुक्रबार
  • ३ः३६ दिउँसो

मुस्लिम बहुल कश्मिरमा भाजपाले चुनाव नलड्ने

प्रकाशित मिति

२०८१ बैशाख ३० गते, आईतवार १०:१०

वैशाख ३०, २०८१ नयाँ दिल्ली : सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले कश्मिरमा चुनाव नलड्ने भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले कश्मिरमा लोकसभा चुनावमा उम्मेद्वार नउठाउने निर्णय गरे पनि हिन्दु बहुल जम्मुको दुई सिटमा भने उम्मेदवार उठाउने भएको छ ।

National Life

तीन सिट रहेको मुस्लिम बहुल कश्मिरमा उम्मेद्वार नउठाउने भएको हो। भाजपाको यो निर्णय त्यहाँ रहेका नागरिकको रिसतर्फ इशारा गर्ने राजनीतिक विश्लेषक र विपक्षी पार्टीका नेताले बताएका छन् ।

कश्मिर र दिल्लीको सम्बन्ध दशकौंदेखि तनावपूर्ण रहेको छ। भारत सरकारविरुद्ध चरमपन्थी र उसलाई दबाउन प्रयोग भएको सैन्य कारबाहीमा परेर तीन दशकमा हजारौं नागरिकको मृत्यु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अनुच्छेद ३७० खारेज गरेर जम्मु र कश्मिरलाई दुई केन्द्र शासित प्रदेशमा बाँडेपछि अवस्था तनावपूर्ण बनेको हो। भारतीय संविधानको अनुच्छेद ३७० ले जम्मु र कश्मिरलाई स्वायत्तता दिएको थियो ।

प्रतिकृया