• २२ भदौ २०८३, सोमबार
  • ४ः३१ बिहान

संसदीय समिति नबनेसम्म सदन अवरुद्ध गर्ने कांग्रेसको रणनीति

प्रकाशित मिति

२०८१ बैशाख २८ गते, शुक्रबार ११:३४

वैशाख २८, २०८१ काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति नबनेसम्म सदन अवरुद्ध गर्ने निर्णय गरेको छ ।

National Life

नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि संसदीय समिति नबनेसम्म सदनको कामकारबाही अघि बढ्न नदिने निर्णय गरेको सांसद अर्जुननरसिंह केसीले जानकारी दिए ।

बैठकले रवि लामिछानेलाई गृहमन्त्रीको रूपमा नभई एक दलको नेताको रूपमा बोल्न दिने पनि निर्णय गरेको उनले जानकारी दिए ।

Classic Tech Desktop

यसअघि सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेको नाम मुछिएपछि उनलाई संसदमा बोल्न दिन कांग्रेसले मानेको थिएन । तर, अब दलको नेताको रूपमा उनलाई सदनमा बोल्न दिने कांग्रेसले निर्णय गरेको हो । बैठक जारी छ ।

शुक्रबार दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।

प्रतिकृया