• १६ भदौ २०८३, बुधबार
  • २:०२ बेलुका

बीपीको १०५ औं जन्मजयन्तीको अवसरमा खुल्ला रक्तदान

प्रकाशित मिति

२०७६ भाद्र १४ गते, शनिबार ०३:१७

सरकारले संबिधानमाथि थिचोमिचो गरिरहे तरुण दलले शक्ति देखाउने अध्यक्ष बस्नेतको चेतावनी

भक्तपुर, नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलले जननायक बीपी कोईरालाको १०५ औं जन्मजयन्तीको अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल तरुण दल सुर्यबिनायक नगरपालिका ४ वडा समितिले दधिकोटको चित्रपुरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

Kamana Sewa

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेतले दुईतिहाईको आडमा सरकार निरंकुश बन्दै गएको आरोप लगाउनुभयो ।
सरकारले संबिधानलाई मिच्दै जनताका हक अधिकार कुण्ठित गर्दै गए प्रमुख प्रतिपक्षी दल कांग्रेसको ताकत देखाउन तरुण दलका आम नेता तथा कार्यकर्ता सडक संघर्ष गर्न बाध्य हुने बताउनुभयो ।

Classic Tech Desktop

उहाँले भन्नुभयो,“कम्युनिष्ट सरकारले नेपाली कांग्रेसको नेतृत्वमा ल्याएको संबिधानलाई कुल्चिने,खेलवाड गर्ने र मेटाउने काम गर्दै गएको छ तर खबरदार संबिधानमाथि थिचोमिचो गरिरहे दलले आफ्नो शक्ति देखाउँछ ।”

केन्द्रीय अध्यक्ष बस्नेतले बिगतको संबिधानसभाबाट पुष्पकमल दाहाल प्रचण्ड,बाबुराम भट्टराई,माधव नेपाल र झलनाथ खनाल नेतृत्वमा रहेका कम्युनिष्ट सरकारले मुलुकलाई संबिधान दिन नसके पनि त्यो काम कांग्रेस नेतृत्वका प्रधानमन्त्री शुशिल कोईरालाको पालामा संभव भएको बताउनुभयो । अध्यक्ष बस्नेतले सरकारले बिकासका खोक्रा नारा दिने बाहेक जनहितमा केही काम गर्न नसकेको बताउनुभयो ।

बिगतमा कांगे्रस पार्टीले नेता कार्यकर्ता अवसर दिएको बताउँदै अब नेता कार्यकर्ताले पार्टीका लागि योगदान दिनुपर्ने बेला आएको उहाँले बताउनुभयो ।उहाँले तरुण दल जननायक बीपी कोईरालाको सिद्वान्तमा हिंडेको बताउँदै कांगे्रसका सबै भातृसंगठन सरकारका गलत कदम बिरुद्व चलायमान हुनुपर्ने अबस्था आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको बताउँदै उहाँले कांग्रेसलाई लोकतन्त्र माथिको हस्तक्षेप अस्वीकार्य रहेको उल्लेख गर्नुभयो ।उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जस्तै देशलाई पनि अस्वस्थ पार्न ब्यबस्थालाई असफल पार्न खोजेको आरोप लगाउनुभयो ।

सो अवसरमा कांग्रेस जिल्ला सचिब निशान ढुंगेल, पार्टीका १ नं.क्षत्रीय सभापति जीवन खत्री, २ नं.क्षत्रीय सभापतिनारायणभक्त खायमली, नेपाल तरुण दलक भक्तपुरका जिल्ला अध्यक्ष राजु थापा,आयोजक दलका सुनपा ४ वडाका अध्यक्ष उज्वल राजथला लगायतले पछिल्लो समयमा भक्तपुरमा तरुण दल चलायमान हुँदै गएको बताउनुभयो ।

कार्यक्रममा दलका केन्द्रीय अध्यक्ष बस्नेत लगायत ५६ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरको प्राविधिक सहयोगमा संचालन भएको थियो ।

 

प्रतिकृया