चीन साइबर आक्रमणमा संलग्न भएको यूकेको आरोप, अमेरिकामा सात चिनियाँविरुद्ध मुद्दा
प्रकाशित मिति
२०८० चैत्र १४ गते, बुधबार ०९:५६
चैत्र १४, २०८० काठमाडौँ: यूके सरकारले आफ्नो देशका सांसद र निर्वाचन आयोगमाथि “दुर्भावनापूर्वक” भएका साइबर आक्रमणमा चीन संलग्न भएको आरोप लगाएको छ । सरकारले ती साइबर आक्रमणमा संलग्न भएको भन्दै दुई चिनियाँ नागरिक र कम्पनीमाथि प्रतिबन्ध घोषणा गरेको छ ।
यूकेका उपप्रधानमन्त्री ओलिभर डाउडनले ती व्यक्ति र कम्पनीले बेइजिङको आलोचना गर्दै आएका ब्रिटिश सांसदहरूको विवरणमा अनधिकृत पहुँच स्थापित गर्ने प्रयास गरेको बताएका छन् ।
सन्दिग्ध साइबर आक्रमणकारीहरूले चार करोड ब्रिटिश मतदातासँग सम्बन्धित डेटामा पहुँच पाएको पनि विश्वास गरिएको छ। तर डाउडनले उक्त आक्रमणका कारण चुनावको सुरक्षामा गम्भीर सम्झौता हुने खालको कार्य नभएको बताए ।
चीनले चाहिँ लगातार जासुसी तथा गलत काम गरेको भन्ने आरोपहरूलाई अस्वीकार गर्दै आएको छ। यूकेस्थित चिनियाँ दूतावासले निराधार दाबी गरिएको भन्दै त्यसलाई “दुर्भावनापूर्ण लाञ्छना” को सङ्ज्ञा दिएको छ । -बीबीसी








प्रतिकृया