• १ असोज २०८३, बिहीबार
  • ६ः१९ बेलुका

अवैध लागूऔषध सहित पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र १२ गते, बिहीबार ०४:२९

काठमाडौं, झापा, बिर्तामोड नगरपालिका–४ डेरा गरी बस्ने हल्दिबारी गाउँपालिका–१ घर भएका २६ वर्षीय मनोज गुरुङलाई अवैध लागूऔषध ब्राउनसुगर करिब ९० ग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

National Life

जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले बिर्तामोड नगरपालिका–५ स्थित सडकमा मे।९ प ४८३२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका–६ लेकसाईड बस्ने ३१ वर्षीय कृष्ण लालचन र पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने २७ वर्षीय मोती प्रसाद गुरुङलाई नियन्त्रित लागूऔषध बुप्रिनर्फिन ७ एम्पुल, डाइजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल र मोबाइल ३ थान सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै सोही कार्यालयबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका–२७ तालचोक बस्ने २८ वर्षीय रबिन बिसङ्खेलाई नियन्त्रति लागूऔषध बुप्रिनर्फिन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल, फेनारगन २५ एम्पुल, र मोबाइल १ थान सहित बुधबार साँझ पक्राउ गरेको छ । पक्राउ तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया