• २० भदौ २०८३, शनिबार
  • ७ः३२ बेलुका

तीन जनाले मन्त्रीको शपथ लिँदै

प्रकाशित मिति

२०८० फाल्गुन २१ गते, सोमबार ०३:१३

फागुन २१, २०८० काठमाडौँ: नयाँ गठबन्धनबाट तीन मन्त्रीले शपथ लिने भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार एमालेबाट पदम गिरी, नेकपा (माओवादी केन्द्र) बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल (डीपी) ले शपथ लिने भएका हुन् ।

यी तीनजनाले आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा मन्त्रीको शपथ लिने भएका छन् । स्रोतका अनुसार तीनैजना विनाविभागीय मन्त्री बन्न लागेका हुन् ।

Kamana Sewa

“प्रधानमन्त्रीज्यूले भर्खरै शीतलनिवास पुगेर राष्ट्रपतिज्यूलाई नाम दिएर आउनुभएको छ‚” बालुवाटार स्रोतले भन्यो ।

Classic Tech Desktop

प्रतिकृया