• ७ असोज २०८३, बुधबार
  • ९ः१३ राती

प्रधानमन्त्रीले सदनलाई जवाफ दिँदै

प्रकाशित मिति

२०८० फाल्गुन २१ गते, सोमबार ०८:००

फागुन २१, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सोमबार (आज) प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।

National Life

प्रधानमन्त्री कार्यालयका तर्फबाट सचिव गणेशप्रसाद पाण्डेयले संघीय संसद् सचिवालयलाई पत्र पठाएर प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्ने जानकारी दिएका छन् ।

प्रतिपक्षी दलहरूले बालकुमारी घटना, मिटरब्याजपीडित, दुग्ध किसान लगायतको विषयमा सरकारको जवाफ मागेर सदनमा अवरोध गरिरहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सभामुख देवराज घिमिरेले सरकारको नाममा पटक–पटक रुलिङ गरेका छन् । सभामुखको रुलिङपछि प्रधानमन्त्री प्रचण्डले आज सांसदले उठाएको प्रश्नको जवाफ दिन लागेका हुन् ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकको सम्भावित कार्यसूचीमा भने प्रधानमन्त्रीको संबोधन समावेश गरिएको छैन ।

प्रतिकृया