• ४ साउन २०८३, सोमबार
  • १:१२ बिहान

विद्यमान राजनीतिक व्यवस्था चाहिँदैन भन्ने अधिकार पनि संविधानले दिएको छ : सांसद शाही

प्रकाशित मिति

२०८० फाल्गुन १३ गते, आईतवार ०३:०७

फागुन १३, २०८० काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संघीय लोकतान्त्रिक गणतन्त्र चाहिने वा नचाहिने भन्ने कुरा पनि रोज्न पाइने व्यवस्था संविधानले नै गरेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपालको संविधानको धारा २७४ ले यो व्यवस्था चाहिने वा नचाहिने भन्ने कुरा पनि संशोधन गर्न पाइने स्पष्ट उल्लेख गरेको दाबी गरे । प्रमुख सचेतक शाहीले आफूले फरक विचार राख्दैमा केही सांसदहरुले राजीनामा मागेको भन्दै आक्रोश व्यक्त गरे ।

Kamana Sewa

उनले जुम्लाका जनताले आफूलाई निर्वाचित गराएर पठाएको हुनाले कुनै अमुक व्यक्तिले राजनीमा माग्दैमा दिन नसकिने उनको भनाइ थियो । प्रवक्ता शाहीले आफूहरुले हत्या, हिंसा कुनै पनि जघन्य अपराध गरेर नआएको हुनाले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको पनि पटकपटक दोहोर्‍याए ।

Classic Tech Desktop

उनले भने, ‘बालकुमारीमा दिनदहाडै गोली हानेर मारियो । त्यो पनि युवालाई । रक्षक नै भक्षक भएपछि न्याय खोज्न अब हामी कहाँ जाने? आँखाबाट आँशु झार्दै भक्कानिएर रुन्छिन् तिनकी आमा। अपराधीलाई कारबाही गर्न भनी संसद्‌मा आवाज उठाउँदा मेरो राजीनामा मागिन्छ। यो कहाँको न्याय हो ?’

प्रतिकृया