• २ असोज २०८३, शुक्रबार
  • ३ः०८ राती

प्रतिभा राइले जितिन् ‘मिस टिन अफ द ईयर २०१९ सिजन ४’को उपाधि

प्रकाशित मिति

२०७६ भाद्र ११ गते, बुधबार ०३:४८

काठमाडौं, ‘मिस टिन अफ द ईयर २०१९ सिजन ४’को विजेता सोलुखुम्बुको प्रतिभा राइ हुनु भएको छ । रिबन इन्टरटेन्मेन्ट प्रा.लीले उक्त कार्यक्रम आयोजना गरेको थियो ।

National Life

काठमाडौंको रसियन कल्चरमा सम्पन्न फाईनल प्रतियोगितामा राइले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि जित्न सफल हुनु भएको हो । राइले उक्त उपाधि सहित मोबाईल र विभिन्न उपहार प्राप्त गर्नुभएको छ ।

राइले मिस ट्यालेन्ट र युट्युब मस्ट भिउर्सको उपाधि समेत जित्न सफल हुनु भएको छ , भने प्रतियोगितामा फस्ट रनर्स अप, मस्ट पपुलर तथा बेस्ट फोटोजेनिक नेहा धिताल, सेकेन्ड रनर्स अप तथा फेसबुक च्वाईस सृबिना राइले जित्नु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

“मिस टिन अफ द ईयर २०१९ सिजन ४” प्रतियोगितामा बेस्ट र्याम्पवाल्क र बेस्ट स्किन साम्रगी पोख्रेल, बेस्ट स्माईल प्राश्ना राइ, बेस्ट हेयर नेहा खातुन र बेस्ट डान्स सलिना राइले प्राप्त गर्नुभयो ।

उक्त प्रतियोगिताको निर्णायकमा सञ्चारकर्मी कलाकार तथा म्युजिक भिडियो निर्देशक सूर्य चन्द, मिसेस नेपाल टुरिजम २०१९ को बिजेता छिरीङ डोल्मा शेर्पा, अटो नेपालका एमडी भुसन श्रेष्ठ, टेलिभिजन प्रस्तोता बिकाश थपलिया तथा गायक डा.आभास लाभ रहनु भएको थियो । प्रतियोगितालाई  कोरियोग्राफी तथा कार्यक्रम संचालन अश्विनी झाले गर्नु भएको थियो भने टिनएजर्स युवतीहरुको व्यक्तित्व विकासको लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

 

प्रतिकृया