• २६ असार २०८३, शुक्रबार
  • २:४५ बिहान

गगन चुम्बनको गगनाँसु लोकार्पण

प्रकाशित मिति

२०८० माघ २१ गते, आईतवार ११:३४

माघ २१, २०८० काठमाडौँ: हातेमालो साहित्य सङ्गमको आयोजनामा गगन चुम्बनको गगनाँसु कृति लोकार्पण गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक समारोहका बीच सिद्ध नारायण आचार्य (गगन चुम्बन) को दोस्रो गजलसङ्ग्रह ‘गगनाँसु’ लोकार्पण सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. कृष्ण हरि बराल, समीक्षक भूवन निस्तेज, गजलकार बाबु त्रिपाठी, विशिष्ठ अतिथि निराजन आचार्य तथा स्रष्टाले सामुहिक रूपमा लोकापर्ण गरेका हुन् । समीक्षक भूवन निस्तेज, उमेश अवस्थी आदर्श र गजलकार बाबु त्रिपाठीले कृतिमाथि आ-आफ्नो धारणा राख्नु भएको थियो ।

Kamana Sewa

निस्तेजले गजलको इतिहासलाई औँल्याउँदै गगन चुम्बनको गगनाँसु ऐतिहासिक गजलसङ्ग्रह भएको उल्लेख गर्नुभयो । उहाँले सङ्ग्रह भित्रका केही गजलका शेरहरू समेत वाचन गर्नुभयो र कृति जीवन्त रहने कुराको विश्वास रहेको जिकिर गर्नु भयो । यस्तै समीक्षक आदर्शले स्वच्छन्दतावादी काव्यात्मक धारलाई समावेश गर्दै प्रतिकात्मक एवम् परिष्कृत धारमा रचिएको गगनाँसु गजलसङ्ग्रह निकै शक्तिशाली रहेको अभिमत राख्नु भयो ।

Classic Tech Desktop

कार्यक्रममा बोल्दै गजलकार बाबु त्रिपाठीले आफूले दशक लामो समय गजलकालागि देश दौडाह गरिरहँदा यो कृति अहिलेसम्म प्रकाशित गजलसङ्ग्रह मध्येको एक उत्कृष्ट पुस्तक भएकाले सबै गजल पारखीहरूले पढ्न आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. बरालले गगन चुम्बनको गगनाँसु शास्त्रीय हिसाबलेसमेत आजसम्मकै नमूना गजलसङ्ग्रह बनेकाले यसले हरेक पाठकका मनलाई स्पर्श गर्ने छ भन्दै गजलको इतिहासमा यो कृतिले महत्त्वपूर्ण स्थान ओगट्ने भएकाले यो कृति अमूल्य रहेको बताउँदै स्रष्टालाई बधाई एवम् शुभकामना दिनु भयो ।

प्रतिकृया