• २५ असार २०८३, बिहीबार
  • ३:३२ बिहान

बिल्डकन प्रदर्शनीमा “डल्फिन” विटुमिन ब्राण्ड

प्रकाशित मिति

२०८० माघ १९ गते, शुक्रबार ०३:२१

माघ १९, २०८० काठमाडौँ: निर्माण सामग्रीलाई नेपाली बजारमा बढावा दिदै नवीनतम निर्माण प्रविधि र उत्पादनहरू प्रदर्शन गर्ने उद्देश्यले नवौं संस्करणको “नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी” यही २०८० साल माघ १८ देखि २१ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा प्रदर्शनी भईरहेको छ ।

उक्त प्रदर्शनीको मुख्य आकर्षणको रुपमा एच.आर गोयल ग्रुपको विटुमिन पनि रहेको छ । यहाँ विटुमिनका साथै सडक निर्माण कार्यको लागि आवश्यक केमिकलहरु, माईक्रोसिलिका, वाटर प्रुफिङ केमिकलहरु प्रदर्शनीमा राखिएका छन् ।

Kamana Sewa

बलियो र वर्षौसम्म टिक्ने सडक पिच गर्ने कार्यमा प्रयोग गरिने विश्वस्तरीय गुणस्तर भएको भीजी १० तथा भीजी ३० क्वालिटीको डल्फिन ब्राण्डको विटुमिन नेपालमा एच.आर. गोयल ग्रुप अन्तर्गतको अरविन्द इम्पोरियम प्रा.लि.ले मात्र आयातगरी नेपालका विभिन्न स्थान र क्षेत्रहरुमा निर्माणाधीन कालोपत्रे गर्ने सडकका लागि अति आवश्यक पर्ने विटुमिनको आपूर्ति तथा बजारीकरण गर्दै आइरहेको छ ।

Classic Tech Desktop

डल्फिन ब्राण्डको विटुमिन नेपालमा अरविन्द इम्पोरियम प्रा.लि.ले आयात र बिक्री वितरण गर्दा आफ्नै अत्याधुनिक प्रयोगशालाबाट गुणस्तर परीक्षण गरी उच्च गुणस्तरको विटुमिनमात्र बिक्री वितरण गर्दै आइरहेको छ ।

विटुमिनका साथै एच.आर. गोयल ग्रुपलेनिर्माण कार्यमाप्रयोग हुने एमवाई के आर्मेन्टका विभिन्न उत्पादनहरु समेतको आधिकारीक बिक्रेता रही नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

विभिन्न ठूला निर्माण परियोजनाहरुमा संरचनाको आवश्यकताअनुसार उच्च ग्रेडको कंक्रिट बनाउन, वाटर प्रुफिङ र ग्राउटिङ तथा सिमेन्टलाई छिटो सेट गराउनका लागि प्रयोग हुदै आइरहेको छ । डल्फिन विटुमिनको डिपो नेपालका प्रमुख शहरहरु विराटनगर, वीरगञ्ज, भैरहवा तथा नेपालगञ्जमा रहेका छन् ।

साथै विटुमिनको गुणस्तर परीक्षण गर्न चाहने उपभोक्ता, ग्राहकहरुको लागि अरविन्द इम्पोरियम प्रा.लि.ले निशुल्क ल्याव परीक्षण गर्ने सुविधा समेत उपलब्ध गराउँदै आएको छ ।

प्रतिकृया