• ९ असोज २०८३, शुक्रबार
  • ५ः५० बेलुका

सेयर बजारमा गिरावट, २१.६७ अंकले घट्यो बजार

प्रकाशित मिति

२०८० माघ १७ गते, बुधबार ०३:२४

माघ १७, २०८० काठमाडौँ: सुधारतर्फ जाने अपेक्षाविपरीत लगातार ९१.०४ अंकले घटेर धरमराएको सेयर बजार यो साता तीन कारोबारमा लगातार बढे पनि चौथो कारोबारमा पुन: घटेको छ । लगातार ३५.५१ अंकले बढेपछि बजार घटेको हो ।

National Life

बुधबार २१.६७ अंकले घटेर बजार २०९७.९३ बिन्दुमा झरेको छ। २९ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ५ अर्ब २९ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ। २१५ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन । यो साता आइतबार १०.३७ अंकले बढेको सेयर बजार सोमबार पनि १०.२६ अंकले बढेको थियो। मंगलबार पनि वृद्धितर्फकै साथ मिल्दा १४.८८ अंकले बढेर बजार २११९.६१ बिन्दुमा पुगेको थियो ।

बजार सुधारतर्फ लागिरहँदा उतारचढावपूर्ण स्‍थिति नै देखिन्छ। लगानीकर्ताले अपेक्षा गरेअनुसार निरन्तर वृद्धितर्फ नलागे पनि बजारले २१०० को बिन्दुलाई टेकोको रुपमा लिएको देखिन्छ। बजार यही बिन्दु वरिपरि नै देखिन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नीतिगत सहजतासँगै अहिलेको अवस्थामा बजारमा लगानीकर्ताको साथ देखिएर उचाइतर्फको यात्रा लिइरहँदा उतारचढावको अवस्था देखिएको हो । केही दिनको राम्रो वृद्धिपछि बजार थामिँदै तल झरिरहँदा पछिल्ला तीन कारोबार भने हरियाली देखिएको थियो तर बुधबार पुन: बजार घट्यो ।

अहिले आएको गिरावटले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशमा संगठित लगानीकर्ताहरू रहेका छन् ।

प्रतिकृया