• १० असोज २०८३, शनिबार
  • ४ः१८ बेलुका

आयुर्वेद स्वास्थ्य सेवामा विदेशी पर्यटकहरु समेत आकर्षित हुनु यस क्षेत्रको लागि सकारात्मक पक्ष : प्रजिअ श्रेष्ठ

प्रकाशित मिति

२०८० माघ १५ गते, सोमबार १२:३९

माघ १५, २०८० काठमाडौँ: भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले आयुर्वेद स्वास्थ्यको सेवालाई आमजनमानसमा पु-याउन स्थानीय पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भक्तपुरमा आयुर्वेद स्वास्थ्य सेवामा सेवाग्राहीको चाप बढ्नु खुसीको विषय भएपनि यसलाई थप परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिनुभएको छ ।

National Life

आयुर्वेदबाट कडा भन्दा कडा खालका रोगहरुको पनि उपचार गराउन सकिने र यसबाट कुनै किसिमको साइड इफेक्ट नहुने भएकोले यसतर्फ मानिसहरुको आकर्षण बढ्दै गइरहेको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले शुक्रवार आयोजना गरेको आयुर्वेद स्वास्थ्यको प्रवर्धनका लागि स्थानीय पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै प्रजिअ श्रेष्ठले पछिल्लो समय आयुर्वेद स्वास्थ्य सेवामा विदेशी पर्यटकहरु समेत आकर्षित हुनु यस क्षेत्रको लागि सकारात्मक पक्ष भएको बताउनुभयो । त्यस्तै कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. नरेन्द्र प्रसाद गिरीले गत आर्थिक वर्षमा २२ जना विदेशी पाहुनाले आयुर्वेदको स्वास्थ्य सेवा लिएको जानकारी दिनुभएको हो ।

समग्रमा पछिल्लो समय विदेशी पर्यटकले समेत सेवा लिनुले यसमा विदेशी पर्यटक समेत आकर्षित हुन थालेको जनाउसंगै यसवर्ष ५ महिला र एक पुरुष गरी ६ जना विदेशीले सेवा लिई सकेको जानकारी दिनुभयो । विदेशी पर्यटक आकर्षित हुनुले यसबाट विदेशी मुद्रा आर्जन पनि गर्न सकिने र त्यसले देशको अर्थतन्त्रमा टेवा दिनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

विदेशी पर्यटकहरुले विशेषगरी नाडीको जाँचका साथै पेटको वायु सम्बन्धी स्वास्थ्य परीक्षण गराउने गरेको जानकारी दिदै केन्द्रमा सुन, चाँदी र पञ्चधातुको सियोबाट हाडजोर्नी, नशा सम्बन्धी दुखाईको लागि गरिने उपचार अग्नीकर्म सेवा र स्तनपायी आमा सेवा समेत दिन शुरु भएको जानकारी दिनुभयो । समग्रमा डा गिरीले चालु आर्थिक वर्षको ६ महिनामा बहिरंग सेवामा ७ हजार ३७४ महिलासहित १२ हजार ३८५ जनालाई सेवा प्रदान संगै सबै प्रकारका सेवा निःशुल्क प्रदान गर्दै आइरहेको र २३ थरी औषधी समेत निःशुल्क वितरण गर्दै आइरहेको बताउनुभयो ।

प्रतिकृया