• १० असोज २०८३, शनिबार
  • ८ः१६ बिहान

त्रिविले आजदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट लगायतका सेवा दिने

प्रकाशित मिति

२०८० माघ १५ गते, सोमबार १२:५५

माघ १५, २०८० काठमाडौँ: त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले आजदेखि आफ्ना सेवा अनलाइनबाटै दिने भएको छ।

National Life

कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउनेलगायतका सेवा अनलाइनबाटै लिन सकिने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो सेवा आज बिहान १० बजेदेखि सञ्चालन हुनेछ

केही समयका लागि अनलाइन र अफलाइन दुवै सेवा सञ्चालन हुने र पूर्ण अनलाइन सञ्चालनबारे पुनः सूचना प्रकाशन गरी जानकारी दिने कार्यालयले बताएको छ । अनलाइन प्रक्रियाका लागि tuexam.edu.np मा लगइन गरी सर्टिफिकेट लिङ्कमा क्लिक गरेपछि साइन अप गर्नुपर्छ। त्यसपछि सेवाग्राहीले कार्यालयले मागे सूचना विवरण उपलब्ध गराउनुपर्ने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सूचना अपूर्ण वा गलत भएमा सम्बन्धित विद्यार्थीलाई जानकारी गराइने र पुनः अपलोड गर्न सक्ने व्यवस्था हुने कार्यालयले जनाएको छ।

प्रतिकृया