• ९ असोज २०८३, शुक्रबार
  • ७ः२९ बिहान

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

प्रकाशित मिति

२०८० माघ २ गते, मंगलवार ०२:५१

माघ २, २०८० काठमाडौँ: रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । रुस-युक्रेन युद्धमा लमजुङको दूधपोखरी गाउँपालिका-१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको स्रोतले खबरहबलाई बताएको छ ।

National Life

स्रोतका अनुसार रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर परिवारलाई प्राप्त भइसकेको छ । यसअघि रुसी सेनामा भर्ना भएका १० नेपालीको मृत्यु भइसकेको छ । योसँगै मृत्यु हुने नेपालीको संख्या ११ पुगेको छ ।

अवैध रुपमा रुसी सेनामा कार्यरत नेपालीको उद्धारमा पनि नेपाल सरकारले कूटनीतिक पहल गर्न सकेको छैन । यसले गर्दा रुसी सेनामा भर्ना भएका नेपालीहरु युक्रेनी सेनाको आक्रमणबाट मृत्यु हुने क्रम रोकिएको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया