• १४ असोज २०८३, बुधबार
  • ९ः०० बिहान

प्रधानमन्त्री कपमा एपीएफको लगातार दोस्रो जित

प्रकाशित मिति

२०८० माघ १ गते, सोमबार ०३:२४

माघ १, २०८० काठमाडौँ: एपीएफ क्लबले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा एपीएफले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।

National Life

कोशीले दिएको १३६ रनको लक्ष्य पछाएको एपीएफले १९.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । एपीएफका लागि कप्तान रोहित पौडेलले ८० रनको शानदार पारी खेलेका थिए । रोहितले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाएर आउट भएका थिए । एपीएफका लागि प्रज्वल शाहीले २२ तथा सुमित महर्जनले अविजित २० रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको कोशी प्रदेशले ४४.३ ओभरमा अल आउट हुँदै १३५ रन बनाएको थियो । कोशीका लागि फिर्दोश अन्सारीले सर्वाधिक ५५ रन बनाएका थिए । त्यस्तै एपीएफका बलर अविनाश बोहोरा र कप्तान रोहित पौडेलले ३-३ विकेट लिएका थिए भने अमर राउटेलाले २ तथा भुवन कार्की र मौसम ढकालले एक एक विकेट लिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

यो एपीएफको लगातार दोस्रो जित हो भने कोशी प्रदेशले लगातार दोस्रो हार व्यहोरेको छ ।अब कोशी प्रदेशले अर्को खेल मंगलबार नेपाल पुलिसको सामना गर्ने छ भने एपीएफले विहिबार मधेश प्रदेशको सामना गर्ने छ ।

प्रतिकृया