• २५ भदौ २०८३, बिहीबार
  • ८ः५७ राती

यार्सागुम्बा सहित दुई जना पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र ९ गते, सोमबार ०२:२५

काठमाडौं, काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित राप्ती रुकुम चित्रीपाटन होटलबाट यार्सागुम्बा साढे एक केजी सहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

National Life

पक्राउ पर्नेहरुमा रुकुम आठविसकोट नगरपालिका–७ घर भई हाल काठमाडौं मित्रनगर बस्ने २७ वर्षीय शेखर विसी र ४३ बर्षीय कमल विसी रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको यार्सागुम्बा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया