• २१ असोज २०८३, बुधबार
  • ८ः११ बिहान

कस्तो रहनेछ आजको मौमम?

प्रकाशित मिति

२०८० पुष २५ गते, बुधबार ०९:०६

पुस २५, २०८० काठमाडौँ: हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। यद्यपि तराईका अधिकांश भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ।

National Life

आज मुलुकका पूर्वी तथा मध्य पहाडी भेगमा आंशिक बदली हुने सम्भावना छ । कोशी प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने बताइएको छ ।

यस्तै, राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया