बलात्कार मुद्दामा दोषी ठहर सन्दीप लामिछानेको सजाय आज तोकिने
प्रकाशित मिति
२०८० पुष २५ गते, बुधबार ०८:५८

पुस २५, २०८० काठमाडौँ: काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । पुस १३ गते अदालतबाट दोषी ठहर भएका लामिछानेलाई सजाय तोक्न आजलाई पेसी तोकिएको थियो । पीडित गौशाला– २६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश शिशिरराज ढकालको एकल इजालसले सन्दीपलाई दोषी ठहर गरेको थियो ।
अदालतले पीडित किशोरी गौशाला २६ को उमेर घटना हुँदा १८ वर्ष पूरा भइसकेको पनि ठहर गरेको छ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो ।
तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै पेसी तोकेर दुबै पक्षको बहस सुनेर सजाय निर्धारण गर्ने व्यवस्था छ ।
Related
Recent News
- प्रभु बैंकका अध्यक्ष कार्कीले लिए गोपनीयताको शपथ
- डिशहोमले नेपालको पहिलो भर्चुअल ग्राहक प्रिभिलेज कार्ड सार्वजनिक गर्दै
- सुनचाँदी व्यवसायीको आन्दोलन उग्र, राजश्व कार्यालय अगाडि धर्ना
- गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिसबीच भेटवार्ता, यि विषयमा भए छलफल
- भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीसमेत मुछिएका सांसद सिंहको आरोप
- आज नेप्सेमा गिरावट, कति भयो कारोबार ?
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- उपप्रमुखको आक्रोशपछि चाँगुनारायण कार्यपालिका बैठक अवरुद्ध, शिक्षा शाखाको कार्यशैलीप्रति गम्भीर आपत्ति
- गर्जाङ उपत्यका हाइड्रोले आईपीओ जारी गर्ने
- सर्वोच्च अदालतमा तीन न्यायाधीश र न्याय परिषद्मा एक सदस्यको नियुक्ति अनुमोदन
प्रतिकृया