• १० असोज २०८३, शनिबार
  • १०ः२३ राती

काठमाडौँ आइपुगे भारतीय विदेशमन्त्री

प्रकाशित मिति

२०८० पुष १९ गते, बिहीबार १०:२८

पुस १९, २०८० काठमाडौँ: नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री डा. एस जयशंकर काठमाडौँ आइपुगेका छन्।

National Life

भारतबाट विशेष विमानमार्फत् आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउदले स्वागत गरे। त्रिभुवन विमानस्थलबाट सोझै शितलनिवास पुगेर विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नेछन्।

त्यहाँबाट १२ बजे बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्ने कार्यक्रम छ। दिउँसो १ बजे होटल याक एण्ड यती पुगेर जयशंकरले नेपाली समकक्षी एनपी साउदसँग भेटावार्ता गर्नेछन्। त्यसपछि उनी संयुक्त आयोगको बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विदेशमन्त्री जयशंकरले अपराह्न कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ।

साँझ सवा ६ बजे परराष्ट्रमन्त्रीले होटल सोल्टीमा आयोजना गरेको रात्रीभोजमा जयशंकर सहभागी हुनेछन्। भोलि बिहान ८ बजे उनी पशुपतिनाथ पुग्ने र ९ बजे त्रिवि पुस्ताकालय तथा भुकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ।

प्रतिकृया