• ९ असोज २०८३, शुक्रबार
  • ६ः३८ बेलुका

आज राति भूतप उल्का वर्षा हुँदै, नाङ्गो आँखाले हेरेर मनोरञ्जन लिन सकिने

प्रकाशित मिति

२०८० पुष १९ गते, बिहीबार १०:१८

काठमाडौं । आज राति उल्का वर्षा हुँदैछ । उल्का वर्षाको स्रोत भूतप नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

National Life

भूतप उल्का वर्षा आज दिउँसैदेखि अत्याधिक मात्रामा सक्रिय भए पनि नेपाली समय अनुसार राति साढे ११ बजेदेखि भोलि बिहान सुर्योदय अगाडिसम्म हेर्न सकिने सोसाइटी अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

उल्का वर्षा नाङ्गो आँखाले हेर्न सकिने छ । अत्याधिक उल्का वर्षाको समयमा प्रतिघण्टा ५० देखि १२० वटा सम्म उल्का वर्षा हुने अनुमान गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किदा प्रज्वलित हुन्छन् जसलाई उल्का वर्षा भनिन्छ ।

प्रतिकृया