• १० असोज २०८३, शनिबार
  • ९ः११ राती

मिटरब्याजीले दुई पीडितलाई कुटेपछि रातभर धर्ना

प्रकाशित मिति

२०८० पुष १२ गते, बिहीबार ११:०७

पुस १२, २०८० जनकपुरधाम : मिटरब्याजीले दुई पीडितलाई कुटेपछि मिटर ब्याज पीडितहरू रातभर धर्ना बसेका छन् । मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमा पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेपछि पीडितहरू रातभर जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना बसेका हुन् ।

National Life

निरौलालाई पक्राउ गरी कारबाहीको माग गर्दै मिटर ब्याज पीडितहरू चिसोमा रातभर धर्ना बसेका हुन् । माग पुरा नभएसम्म धर्ना जारी राख्ने अडान लिएपछि प्रहरीले निरौलाविरुद्व जाहेरी दर्ता गरेको छ । पीडित ककुलतीदेवी यादवले निरौलामाथि ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ मा जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विष्णुपुर गाउँपालिका १ का निरौलाविरुद्ध मिटर ब्याज सम्बन्धी ३२ वटा उजुरी परिसकेको छ । केहि महिना अगाडी मात्रै मिटर ब्याज मुद्दामै पक्राउ परेका उनी ३५ दिन थुनामा बसेर छुटेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया