• १० असोज २०८३, शनिबार
  • ७ः५५ बेलुका

सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम हिनामिनामा १९ जना दोषी ठहर

प्रकाशित मिति

२०८० पुष १२ गते, बिहीबार ११:०४

पुस १२, २०८० काठमाडौँ: बाँके जिल्ला अदालतले नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम हिनामिनासम्बन्धी मुद्दामा १९ जनालाई दोषी ठहर गरेको छ । झन्डै चार वर्षपछि बुधबार बाँके जिल्ला अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले ४१ जना प्रतिवादीमध्ये १९ जनामाथि कसुर ठहर गरेको हो ।

National Life

अदालतका स्रेस्तेदार सरोजनिधि वाग्लेले कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारीहरु रहेको जानकारी दिनुभयो ।

बचतकर्ताहरुको ३८ करोड १७ लाख रुपैयाँ अपचलन गरेको अभियोगमा सहकारी वित्तीय विकास संस्थाका अध्यक्ष, सञ्चालक समितिका सदस्य, कर्मचारी सहित ४१ जनाका विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय बाँकेले २०७६ असोज २८ गते सहकारी ऐन, ठगी र संगठित अपराधको कसुरमा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया