• २१ असोज २०८३, बुधबार
  • ७ः५५ बिहान

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सवा २१ करोड जम्मा

प्रकाशित मिति

२०८० मंसिर २९ गते, शुक्रबार ०८:४९

मंसिर २९, २०८० काठमाडौँ: जाजरकोट भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २१ करोड ३१ लाख ४३ हजार १९५ रुपैयाँ जम्मा भएको छ ।

National Life

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गएको कात्तिक १८ देखि मंसिर २८ गतेसम्म विभिन्न संघसंस्था र व्यक्तिले कोषमा उक्त रकम जम्मा गरेका हुन् । कोषमा हालसम्म १०६ भन्दा बढी संघसंस्था र व्यक्तिले रकम जम्मा गरिसकेका छन् ।

कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिमलगायत १३ जिल्लामा ६२ हजारभन्दा बढी घरमा क्षति भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

भूकम्पबाट ठूलो जनधनको क्षति भएपछि सरकारले प्रभावितको सहयोगका लागि कोषमा रकम जम्मा गर्न सर्वसाधारणलाई अनुरोध गरेको थियो ।

प्रतिकृया