अध्यक्ष ओलीलाई धनकुटाको लेगुवास्थित रामबजारमा झापड हान्ने खोज्ने पक्राउ
प्रकाशित मिति
२०८० मंसिर २८ गते, बिहीबार ०४:४९
मंसिर २८, २०८० विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धनकुटाको लेगुवास्थित रामबजारमा झापड हान्ने खोज्ने ब्यक्ति पक्राउ परेका छन् । एमालेको जारी संकल्प अभियानका क्रममा बिहीबार धनकुटा प्रवेशका क्रममा लेगुवाघाटमा अध्यक्ष ओलीमाथि स्थानीय महेश राईले झापड हान्ने प्रयास गरेका थिए ।
झुलाघाट चिवाभञ्ज्यांग अभियान अन्र्तगत भोजपुरको कार्यक्रम सम्पन्न गरि धनकुटा प्रवेश गर्नेक्रममा लेगुवाघाटस्थित रामबजारमा स्थानीय राईले झापडको प्रयास गरेका हुन् ।
स्थानीयसंग पैदल भलाकुसारी गर्दै अघि बढेका अध्यक्ष ओलीलाई सत्कार गर्नेक्रममा पुष्पगुच्छा दिन लाईनमा उभिएका राईले एकाएक मुक्काले प्रहार गर्ने प्रयास गरेका थिए ।
निलो ज्याकेट लगाएका राईले मुक्का प्रहार गर्ने क्रममा ओली नजिक रहेका सुरक्षाकर्मीले जोगाएका थिए। धनकुटा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक राजबाबु मर्हानले प्रहार गर्ने प्रयास गरेका ब्यक्ती नियन्त्रणमा रहेको बताएका छन् ।
एमालेको अभियान प्रदेशमा प्रवेश नगराउन पहिचानवादी समूहले दबाव दिदै आएका छन् । उनीहरु यसक्रममा विभिन्न स्थानमा अवरोध सृजना गरेका छन्। यसक्रममा धनकुटाको सिधुवा बजार बन्द गराउँदै हिडेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अध्यक्ष धनकुटाको पाख्रीवासमा कार्यकर्ता भेटघाटपछि त्यसतर्फ अघि बढेका थिए । अध्यक्ष ओलीले हिलेस्थित पार्क तथा सार्वजनिक शौचालयको समेत उद्घाटन गरेका छन् ।
https://fb.watch/oWCBC4K0Wh/ 







प्रतिकृया