• 10:41 pm

शिक्षकहरुमाथि सुरक्षाकर्मीबाट भएको दमनको नेपाली कांग्रेसद्धारा घोर निन्दा

प्रकाशित मिति

२०८० मंसिर २८ गते, बिहीबार ०४:३६

मंसिर २८, २०८० काठमाडौँ: बाराको सिम्रौनगढ नगरपालिकाका ३२ वटा सामुदायिक तथा धार्मिक विद्यालयका १९० जना शिक्षकहरुले ६ महिनादेखि पारिश्रमिक नपाएको विषयलाई लिएर सिम्रौनगढ नगरपालिकाको मुख्य द्वारमा वितग दुई महिनादेखि धर्ना बसेका शिक्षकहरुमाथि हिजो सुरक्षाकर्मीले हस्तक्षेप गर्नुका साथै गोली चलाउँदा सिम्रौनगढ नगरपालिका वडा नंं. १ नन्सगरा ढाट बस्ने लक्ष्मीमुखिया विनको घटनास्थलमै मृत्यु भएको छ भने केही व्यक्तिहरु घाइते भएका छन् । शान्तिपूर्ण रुपमा धर्ना बसेका शिक्षकहरुमाथि सुरक्षाकर्मीबाट भएको निर्मम दमनको नेपाली कांग्रेसले घोर निन्दा र भत्र्सना गरेको आज एक प्रेस विज्ञप्ति मार्फत बताएको छ ।

उक्त घटनाको यथार्थ छानविन गरी दोषीलाई कडा भन्दा कडा कार्वाही गर्न, मृतकको परिवारलाई क्षतिपूर्ति तथा घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न नेपाली कांग्रेस सरकारसँग माग गरेको छ । साथै, मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको नेपाली कांग्रेसले कामना गरेको छ ।

प्रतिकृया