• २१ असोज २०८३, बुधबार
  • ८ः११ बिहान

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अफर: फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा

प्रकाशित मिति

२०८० मंसिर १२ गते, मंगलवार ०४:१०

मंसिर १२, २०८० काठमाडौँ: नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) ले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागि ‘फण्ड ट्रान्सफर मा मोबाइ फोन हातमा’ अफर सार्वजनिक गरेको छ।

National Life

अफर अन्तर्गत हरेक तीनजना भाग्यशाली मोवाइल बैकिङ्ग प्रयोगकर्ताले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एनआइएमबी स्मार्ट एपबाट कनेक्ट आइपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १–१ थान स्मार्टफोन जित्न सक्नेछन् । अफर मंसिर १० गतेदेखि पुस ९ सम्म लागु हुनेछ। एनआइएमबी स्मार्ट एपमा उपलब्ध कनेक्ट आइपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने तीन जना प्रयोगकर्तालाई अफरको अन्त्यमा विजेता घोषणा गरिनेछ।


यसको जानकारी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ । फण्ड ट्रान्सफर गर्नका लागि आफ्नो एनआइएमबी स्मार्ट एपमा लग–इन गरी फण्ड ट्रान्सफरमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएस लाई छनोट गर्नुपर्ने हुन्छ । मोबाइल बैंकिङ्गबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएस एक न्यूनतम शूल्क लाग्ने सजिलो माध्यम रहेको विज्ञप्तिमा उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

भुक्तानी तथा ट्रान्सफरका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास गरिएको छ । कनेक्ट आइपीएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङ्गमा उपलब्ध रहेको छ भने यस माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएस मा छुट्टै रजिष्टर गर्न आवश्यक छैन ।


एनआइएमबी स्मार्ट मा रहेको कनेक्ट आइपीएस मार्फत प्रति दिन प्रति कारोबार २ लाख रुपैयाँसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।

प्रतिकृया