• 4:34 am

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल

प्रकाशित मिति

२०८० मंसिर १२ गते, मंगलवार ०४:३४

मंसिर १२, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

सो अवसरमा उहाँहरूबीच अहिले विभिन्न समूहले गरिरहेको प्रदर्शनबारे पनि कुराकानी भएको थियो । सो क्रममा अध्यक्ष ओलीले पुनःनिर्माण गरिएको सिंहदरबारको पश्चिम भेगको ग्यालरीको अवलोकन गर्नुभएको थियो ।

ओलीलाई प्रधानमन्त्री प्रचण्डले कार्यालयका सबै कक्ष घुमाए । प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको तस्बिरमा प्रसन्न हुँदै प्रचण्डले ओलीलाई प्रधानमन्त्री कार्यालय घुमाएको देखिन्छ । सिंदरबारमा दुई नेताबीचको छलफल सुरु हुनुअघि प्रचण्डले ओलीलाई भवनको अवलोकन गराएका थिए ।

सहरी विकास मन्त्रालयका अुनसार यो भवन पहिलो चरणको आयोजनाको ठेक्काअनुसार ४२ करोड हाराहारीको रकममा प्रवलीकरण गर्ने काम सम्पन्न भएको थियो । सिंहदरबारको उत्तर, दक्षिण र पूर्व खण्ड विसं २०३० मा आगलागीबाट क्षति हुँदापनि पश्चिम मोहडा जोगाइएको थियो । तर भूकम्पले उक्त भागलाई बढी क्षति पुर्‍यायो ।

ऐतिहासिक भवनमा बुट्टाहरू धेरै भएकाले जस्तातस्तै बनाउन समय लाग्यो। भवनमा चुना, सुर्की, इट्टा, सालका काठबाट प्रवलीकरण गरिएको हो ।

प्रतिकृया