• २९ भदौ २०८३, सोमबार
  • ९ः२२ राती

चीनको साङ्सी प्रान्तमा भएको आगलागीमा २६ जनाको मृत्यु

प्रकाशित मिति

२०८० मंसिर १ गते, शुक्रबार १०:५९

मंसिर १, २०८० बेइजिङ : उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा २६ जनाको मृत्यु भएको र दर्जनौँलाई अस्पताल पुर्‍याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ।

National Life

लुलियाङ सहरको लिसी जिल्लामा रहेको योङ्ग्जु कोइला कम्पनीको चार तले भवनमा स्थानीय समयअनुसार बिहान ६ः५० मा आगलागी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सिसिटिभीले जनाएको छ। उक्त टिभीले आगलागीमा परेर २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो।


यसअघि सिसिटिभीले ६३ जनालाई उक्त भवनबाट बाहिर निकालिएको र तीमध्ये ५१ जनालाई उपचारका लागि अस्पताल लगिएको जनाएको थियो। यद्यपि टिभीले अस्पतालमा पुर्‍याइएकामध्ये कसैको मृत्यु भएको हो होइन भन्नेबारे केही बताएको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

‘उद्धार कार्य जारी छ र कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ सिसिटिभीले भनेको छ, ‘आगो अहिले नियन्त्रणमा आइसकेको छ।’

प्रतिकृया