• २९ भदौ २०८३, सोमबार
  • ८ः१९ राती

तिहारमा उपत्यकाबाट एक करोडभन्दा बढीको धनमाल चोरी

प्रकाशित मिति

२०८० मंसिर १ गते, शुक्रबार ११:०२

मंसिर १, २०८० काठमाडौँ: यो वर्षको तिहारका समयमा काठमाडौं उपत्यकाका विभिन्न ३७ स्थानमा चोरीका घटना भएको छ । काठमाडौंका २०, ललितपुरका १० र भक्तपुरका सात स्थानमा चोरीका घटना भएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

National Life

विभिन्न व्यक्तिका घरबाट नगद र धनमाल चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न सातजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार भक्तपुरका सात स्थानबाट ५० लाख ५६ हजार रुपैयाँबराबरको धनमाल चोरी भएको छ ।


काठमाडौंका २० स्थानबाट २७ लाख ७९ हजार ४४५ रुपैयाँबराबरको धनमाल चोरी भएको छ । ललितपुरका १० स्थानबाट २५ लाख ३० हजार ७५० रुपैयाँबराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया