• २१ असोज २०८३, बुधबार
  • ७ः३४ बिहान

आजको मौसम : उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

प्रकाशित मिति

२०८० कार्तिक २७ गते, सोमबार ०८:०८

कात्तिक २७, २०८० काठमाडौँ : आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

National Life

जल तथा मौसम विज्ञान विभागका अनुसार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।


उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया