• २१ असोज २०८३, बुधबार
  • ७ः३४ बिहान

‘विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य सेवा दिने सरकारी प्रयास’

प्रकाशित मिति

२०८० कार्तिक २७ गते, सोमबार ०८:१४

कात्तिक २७, २०८० धुलिखेल : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास वर्तमान सरकारले गरिरहेको बताएका छन् ।

National Life

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ मा रहेको १५ शय्याको मण्डनदेउपुर आधारभूत अस्पताल भवनको आज शिलान्यास गर्दै मन्त्री बस्नेतले रकम अभावमा उपचार नपाएर विपन्न वर्गको ज्यान नजाओस् भन्ने उद्देश्यले उनीहरुका निम्ति निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्न सरकार क्रियाशील रहेको बताए ।


मन्त्री बस्नेतले आगामी ६ महिनाभित्रमा देशभरका अस्पतालमा स्वास्थ्यकर्मीको दरबन्दी व्यवस्थापन गरिने बताए । अबको ६ महिनापछि स्वास्थ्य सेवा सहज बन्ने जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री बस्नेतले भने, “जनशक्ति व्यवस्थापनसँगै आवश्यकताअनुसार उपकरणको पनि व्यवस्थापन गरिनेछ । गोदाममा उपकरणहरु थन्क्याउन पाइँदैन ।” उनले तत्कालका लागि ठूला उपकरणहरु खरिद नगर्ने, मझौला तथा साना उपकरणका लागि भने ठेक्का प्रक्रिया प्रारम्भ भएको बताए ।

प्रतिकृया