• २१ असोज २०८३, बुधबार
  • ७ः४३ बिहान

होमस्टे र होटलमा पर्यटक खचाखच

प्रकाशित मिति

२०८० कार्तिक २३ गते, बिहीबार ०२:५६

कात्तिक २३, २०८० गण्डकी : कास्कीको घान्द्रुक गाउँमा हिजोआज दैनिक सयौँ पर्यटक भित्रिरहेका छन् । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङ यहाँका घरबास (होमस्टे) र होटलमा पाहुना भरिभराउ रहेको बताउनुहुन्छ । “अहिले दैनिक १५ सयदेखि १७ सयसम्म पर्यटक घान्द्रुक आइरहेका छन्, जसमा आन्तरिक पर्यटक नै बढी छन्”, उहाँ भन्नुहुन्छ, “घान्दु्रक हुँदै अन्नपूर्ण आधार शिविर, घोडेपानीलगायत ठाउँको पदयात्रामा जाने विदेशी पर्यटकको सङ्ख्या पनि उल्लेख्य छ ।”

National Life

अध्यक्ष गुरुङका अनुसार घान्द्रुकमा रिसोर्टसहित ५४ होटल र १८ घरबास छन् । रैथाने संस्कृति, खानपान र पारिवारिक वातावरण रुचाउने पर्यटकको रोजाइमा घरबास पर्ने गरेको छ । सेवा र गुणस्तरअनुसार पाहुनाका लागि घरबासको छुट्टाछुट्टै प्याकेजको व्यवस्था गरिएको छ । हिमालको काखमा पहाडेशैलीका लहरै घर । ग्रामिण परिवेश र हावापानी । गुरुङ समुदायको कला, संस्कृति र रहनसहन । पाहुनाको सत्कारका लागि खुलेका घरबास । गाउँकै उब्जनीबाट बनेका परिकार घान्दु्रकमा पर्यटक लोभ्याउने बस्तु हुन् । असोज–कात्तिक नेपालको मुख्य पर्यटकीय याम हो । यहीबेला ठूला चाडबाड पर्ने भएकाले मानिस घुम्ने योजना बनाइरहेका हुन्छन् । घान्दु्रकजस्ता छोटो दूरीका गन्तव्यमा पर्यटकीय चहलपलह बढी हुन्छ । अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित घान्द्रुक गाउँ चल्तीको गन्तव्यका रुपमा देशविदेशमा परिचित छ ।

बर्सेनि हजारौँ पर्यटकले यहाँ पाइला टेक्छन् । यहाँको प्रकृति र संस्कृतिमा रमाउँछन् । स्वदेशीपछि सबैभन्दा बढी चिनियाँ पर्यटकले घान्दु्रकलाई गन्तव्य बनाउँछन् । भारतीयदेखि युरोप, अमेरिकासम्मका पर्यटक घान्द्रुक आउने गरेको अध्यक्ष गुरुङ बताउनुहुन्छ । अन्नपूर्ण आधार शिविर, म्याग्दीको पुनहिल–घोरेपानीलगायत जोड्ने पदमार्गमा पर्ने घान्द्रुक पर्यटकको विश्रामस्थलका रुपमासमेत लिइन्छ । पोखरा–बागलुङ राजमार्गको नयाँपुलदेखि बिरेठाँटी, स्याउलीबजार, किञ्चे हुँदै पाँच÷छ घण्टाको पदयात्रामा घान्दु्रक पुग्न सकिन्छ । मोटरमा जाँदा एक÷डेढ घण्टामै त्यहाँ पुग्न सकिन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कास्कीकै माछापुच्छ«े गाउँपालिका–८ स्थित घरबास गाउँ ल्वाङमा पनि दसैँपछि पर्यटकको चहलपहल बाक्लिएको छ । ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष मञ्जु गुरुङका अनुसार त्यहाँका २६ घरमा घरबास सेवा छ । “यहाँ बढी आउने आन्तरिक पर्यटक नै हो, अहिले पर्यटकीय याम चलिरहेकाले विदेशी पाहुना पनि आइरहनुभएको छ”, उहाँ भन्नुहुन्छ, “दसैँपछि पर्यटकको आगमन राम्रो छ, घरबासका कोठा खाली राख्नुपर्ने अवस्था छैन ।”

पोखरादेखि नजिकको गन्तव्य भएकाले पनि ल्वाङ गाउँ पर्यटकको सहज पहुँचमा छ । प्रकृति र संस्कृतिमा रमाउनेका लागि सो गाउँ उपयुक्त मानिन्छ । गुजमुज्ज गुरुङ बस्ती । सेतो र गेरु रङ पोतिएका एकनासे घर । ढुङ्गे छाना, आँगन र बाटो । वास्तुकला झल्काउने झ्यालढोका । ससाना गल्ली, गल्छेँडा र तगारा आदि ल्वाङ गाउँका आकर्षण हुन् । “ल्वाङको गाउँले परिवेश, रहनसहन, रैथाने खाना र आतिथ्य संस्कारले पर्यटकलाई लोभ्याउने गरेको छ”, अध्यक्ष गुरुङ भन्नुहुन्छ, “पोखरादेखि नजिकको दूरीमा भएकाले पनि आउजाउ सहज छ, घुमफिरका लागि जुनसुकै मौसममा ल्वाङ गाउँ उपयुक्त छ ।”

विसं २०६७ मा घरबास सञ्चालनमा आएपछि सो गाउँले पर्यटनमा फड्को मारेको हो । एकै रातमा चार सय जनासम्म पाहुना राख्ने क्षमता घरबासमा छ । कुनै पर्यटकीय याममा त दिनमै छ सयसम्म पर्यटक बसेको अनुभव घरबास सञ्चालकसँग छ । समुन्द्री सतहदेखि १४ सय मिटरको उचाइमा अवस्थित यो गाउँबाट माछापुच्छ«े, अन्नपूर्णलगायत हिमाली चुचुरोमा देखिने सूर्योदयको दृश्य लोभलाग्दो हुन्छ । गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धानका लागि देशविदेशका अध्येता र अनुसन्धानकर्मीसमेत ल्वाङ पुग्ने गरेका छन् ।

बाहिरबाट आउने पाहुनालाई गुरुङ संस्कारसहित रैथाने खानाको स्वाद चखाउने गरिएको घरबास सञ्चालक बताउँछन् । इच्छुक पर्यटकलाई करेसाबारीमा खेती गर्ने र भान्छामा परिकार बनाउने विधि पनि सिकाउने गरिएको उनीहरुको भनाइ छ । निगालोबाट बन्ने डोको, सेखुजस्ता घरेलु उत्पादनका सामग्री पनि पर्यटकलाई चिनाउने गरिएको छ । घरबासको भान्छामा गाउँमै उत्पादन हुने अन्न र तरकारीबालीको प्रयोग गर्ने गरिएको छ । ल्वाङ गाउँ अन्नपूर्ण आधार शिविर र मर्दी आधार शिविरको पदयात्रामा जाने पर्यटककोसमेत रोजाइमा पर्ने गरेको छ । पर्यटक गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर तथा संस्कृतिको आनन्द बटुल्न घरबासलाई रोज्छन् । पोखरादेखि २० किमी मोटरयात्रामा ल्वाङ गाउँ पुग्न सकिन्छ । पदयात्रा गरे झण्डै चार घण्टा लाग्छ । मर्दी खोलाको किनारैकिनार भिर र वनपाखा चहार्दै पदयात्रा गर्न सकिन्छ । पोखरा महानगरपापलिका–२५ हेम्जादेखि खानेपानी, भेँडाबारी, खोलामुख हुँदै ल्वाङ गाउँ पुगिन्छ ।

घान्दु्रक र ल्वाङ गाउँ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा पर्छन् । आयोजना प्रमुख डा रबिन कडरिया ‘एक्याप’भित्रका कैयन स्थानमा घरबास सञ्चालनमा रहेको बताउनुहुन्छ । “घरबास खु

प्रतिकृया