• २१ असोज २०८३, बुधबार
  • ७ः३४ बिहान

मालपोत कार्यालय इटहरीका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति

२०८० कार्तिक २३ गते, बिहीबार ०३:०८

कात्तिक २३, २०८० काठमाडाैं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

National Life

जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनीहरुलाई उक्त परिमाणको घुसबापतको रकम लिइसकेको अवस्थामा गत असोज १२ गते नियन्त्रणमा लिएको थियो ।


आयोगका अनुसार अनुसन्धानको सिलसिलामा कटुवाल र अधिकारीको आपसी मिलोमतो तथा योजनामा अंशवण्डा नामसारी गरी दिएबापत सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएपछि एक लाख ५० हजार रुपैयाँ बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया