• २१ असोज २०८३, बुधबार
  • ७ः४३ बिहान

राष्ट्रिय वाणिज्य बैंकद्वारा भूकम्प पीडितको सहायतालागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान

प्रकाशित मिति

२०८० कार्तिक २२ गते, बुधबार ०५:१८

कात्तिक २२, २०८० काठमाडौँ: राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ । बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गानाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई मङ्गलबार एक कार्यक्रमका बीच एक करोड रुपैंयाको चेक रकम हस्तान्तरण गर्नु भएको छ ।

National Life

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरुको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको च.हि.न. ११३०१००००३७६२००१ खातामा बैंकको तर्फबाट एक करोड रुपैंया मङ्गलबार ट्रान्सफर गरेको छ । भूकम्पका कारण मृत्यु हुने नागरिकहरु प्रति बैंक हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । साथै, बैंक घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछ ।


उक्त कार्यक्रममा मुख्य सचिव डा.बैकुण्ठ अर्याल, स्वकिय सचिव गंगा दहाल, बैंक सञ्चालक समिति सदस्यहरु रोमिला ढकाल उप्रेती,सुशिल घिमिरे र लक्ष्मण घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख आनन्द सुवेदी, सिंहदरबार परिसर शाखाका प्रबन्धक अनिश रायमाझी, सहायक प्रबन्धक ईश्वर उप्रेती, सन्दिप अर्याल, गगन लोहारको उपस्थिति रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया