• २१ असोज २०८३, बुधबार
  • ७ः३४ बिहान

जाजरकोट र रुकुममा एमालेले १ हजार स्वयंसेवक खटाउने

प्रकाशित मिति

२०८० कार्तिक २३ गते, बिहीबार ०८:३८

कात्तिक २३, २०८० काठमाडौँ : नेकपा एमालेले जाजरकोट र रुकुम पश्चिका भूकम्प पीडितको आवास निर्माणमा एक हजार स्वयंसेवक खटाउने भएको छ । आवास निर्माणका लागि आगामी मंसिर १ गतेबाट एक हजार स्वयंसेवक पार्टीले खटाउने सचिवालय बैठकले निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

National Life

‘एक हजार स्वयं सेवकहरु मंसिर एक गतेबाट खटिनुहुनेछ । हामी ५ हजार कार्यदिनभन्दा बढी हामी त्यहाँ खट्नेछौ’, ज्ञवालीले भने, ‘त्यो एक करोड भन्दा बढीको श्रम हुनेछ । जसमा हजारौ अस्थाई आवास बनाएर नागरिकहरुलाई न्यानो प्रदान गर्नेछौ ।’ स्वयंसेवक संयोजनको काम एमाले कर्णाली प्रदेशले गर्नेछ।

प्रतिकृया