• २१ असोज २०८३, बुधबार
  • ७ः४३ बिहान

भूकम्प प्रभावितका लागि भारत सरकारको दोस्रो खेपको सहयोग

प्रकाशित मिति

२०८० कार्तिक २१ गते, मंगलवार ०२:२३

कात्तिक २१, २०८० काठमाडौँ: भारतले भूकम्प प्रभावित क्षेत्रका लागि आवश्यक थप सामग्री सहयोग गरेको छ। नेपालका भूकम्प प्रभावित परिवारहरुका लागि आपतकालीन राहत सामग्रीको दोस्रो खेप सहयोग गरेको हो।

National Life

भारतीय वायुसेनाको विमानबाट नेपालगन्ञ पुर्‍याइएको सामग्री नेपालस्थित भारतीय दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले नेपालगञ्जका मेयर प्रशान्त विष्टको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई हस्तान्तरण गरेका थिए।


भारतले अत्यावश्यक चिकित्सा तथा सरसफाई सामग्री, त्रिपाल, स्लीपिङ ब्याग र कम्बलसहितको ९ टन राहत सामग्री भारतीय वायुसेनाको विशेष विमान सी-१३० मार्फत् नेपालगञ्ज ल्याएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त राहत सामग्री जाजारकोटमा गएको भूकम्पबाट प्रभावितहरूलाई हस्तान्तरण गरिने बताइएको छ। दूतासावले नेपाल सरकारलाई सहयोग गर्ने भारत सरकारको प्रयासको यो एक हिस्साको रुपमा रहेको जानकारी दिएको छ।


भारतले सरकाले यसअघि दस करोड भारतीय रुपैयाँ बराबरको त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ ब्याग, अत्यावश्यक औषधि र चिकित्सा उपकरणसहितको ११ टनभन्दा बढी आपतकालीन राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। आइतबार उक्त राहत भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका थिए।

प्रतिकृया