• १० असोज २०८३, शनिबार
  • ५ः०७ बेलुका

यो संविधान र व्यवस्था असफल भए मुलुक खतरामा जान्छ : रमेश लेखक

प्रकाशित मिति

२०८० कार्तिक १६ गते, बिहीबार ०२:०६

कात्तिक १६, २०८० काठमाडौँ: नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अहिलेको व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरू नै बेठिक हुन् भन्ने ढंगले प्रायोजित रूपमै आक्रमण भइरहेको बताएका छन्।

National Life

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै लेखकले पुराना राजनीतिक दलहरू सबै बेठिक छन् भन्ने भास्य बनाउन खोजिएको पनि बताए।


‘यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरू बेठिक हुन् भन्ने किसिमले प्रायोजित रूपमै आक्रमण भइरहेको छ,’ लेखकले भने, ‘यो संविधान र व्यवस्था असफल भए मुलुक खतरामा जान्छ।’

Classic Tech Mobile
Classic Tech Desktop

उनले लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर सहमति र सहकार्यको विकास हुनुपर्ने बताए। ‘संविधान सुरक्षा र व्यवस्था सुरक्षाका लागि एक ठाउँमा उभिन जरूरी छ,’ उनले भने, ‘अब यो संविधान असफल गर्ने छुट हामीसँग छैन।’

प्रतिकृया