प्रधानमन्त्री ओली र एस जयशंकरबीच भेटवार्ता
प्रकाशित मिति
२०७६ भाद्र ४ गते, बुधबार ०३:१९
काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।
नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार नेपाल आएका विदेशमन्त्री जयशंकर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नु भएको भियो ।
भेटमा नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरी, प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहाकार डा. राजन भट्टराई, राजनीतिक सल्लाहाकार विष्णु रिमाललगायतको सहभागिता थियो । आयोगको बैठक बुधबार नै सुरु हुँदैछ । नेपाल र भारतका परराष्ट्रमन्त्रीले अध्यक्षता गर्ने बैठकमा नेपाल र भारतबीचका विभिन्न विषयमा छलफल हुनेछ ।
बैठक बुधबार र बिहीबार हुनेछ । भारतीय विदेशमन्त्री जयशंकरले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने कार्यक्रम छ ।
भोलिसम्म चल्ने बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल गर्ने एजेण्डा तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।






प्रतिकृया