• २१ असोज २०८३, बुधबार
  • ९ः०६ बिहान

प्रेम सम्बन्धका कारण स्वर्णकारको हत्या, ६ जना पक्राउ

प्रकाशित मिति

२०८० कार्तिक १४ गते, मंगलवार १०:३०

कात्तिक १४, २०८० वीरगञ्ज : गोली लागेर मृत्यु भएका कलैयाको बाल एकता बोर्डिङका प्रधानाध्यापक रूपेश स्वर्णकारको हत्या महिलासँगको सम्बन्धका कारण भएको खुलेको छ । एकजना महिलासँग उनको प्रेम सम्बन्ध रहेको तथा सोही कारण उनको हत्या भएको प्रहरीको अनुमान छ ।

National Life

कलैयाकै एक महिलासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। जसमा तीन जना भारतीय रहेका छन् । ती महिलाको प्रेम सम्बन्ध अर्कै पुरुषसँग पनि भएकाे र सोही कारण स्वर्णकारको हत्या भएको हो ।


हत्यामा भारतीय सुटरको प्रयोग गरिएको देखिएको छ । पक्राउ परेकी महिलाकै योजनामा भारतबाट सुटर मगाएर गोली हानी हत्या भएको हो । हत्या कसरी र किन भएको हो भन्नेबारे छिटो पत्रकार सम्मेलन गरी जानकारी दिने प्रवक्ता न्यौपानेले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

सोमबार दिउँसो दुईवटा मोटरसाइकलमा आएका व्यक्तिहरूले‍ पछाडिबाट लखेटेर गोली प्रहार गर्दा स्वर्णकार गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा वीरगञ्जस्थित वयोद्धा अस्पतालमा मृत्यु भएको थियो ।


स्वर्णकार कलैया-६ निवासी हुन् ।

प्रतिकृया